×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेट निष्पक्ष रुपमा निर्माण हुन्छ’- अर्थमन्त्री पुन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘बजेट निष्पक्ष रुपमा निर्माण हुन्छ’- अर्थमन्त्री पुन

Artha Sarokar

२८ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निष्पक्ष रुपमा निर्माण हुने बताएका छन् । काठमाडौँमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले कसैबाट प्रभावित नभई निष्पक्ष भएर भावी पुस्तालाई समेत लाभ पुग्नेगरी बजेट बन्ने र नीति निर्माण गर्ने बताएका हुन् ।

उनले स्वार्थ समूह वा चिनेजानेका व्यक्तिको लाभ र हानीलाई हेरेर कुनैपनि नीतिगत तथा कानूनी सुधार नगर्ने प्रतिबद्धता जनाएका छन् ।

‘हामी स्थायी रुपले प्रधानमन्त्री, मन्त्री छैनौं तर जति दिन कुर्सीमा बस्छौं, जिम्मेवारी पूर्वक भावी पुस्तालाई हरेर नीति बनाउनै पर्छ । त्यो जिम्मेवारी हामीमा छ र त्यो पूरा गर्ने प्रतिबद्धता म गर्छु ।’, अर्थमन्त्री पुनले भने, ‘म कोही उद्योगी साथिहरु, चिनेका र नजिककोलाई हेरेर नीति बनाउदिन । यो मेरो प्रतिबद्धता भाये मबाट कसैलाई लाभ,हामी हुने खालको काम बजेट, नीतिमा र कर नीतिमा हुँदैन ।’

गत वर्षको तुलनामा अर्थतन्त्रमा सुधार भएको बताउँदै अर्थमन्त्री पुनले विश्व भू-राजनीतिक अवस्था र शक्ति सन्तुलनमा आईरहेको फेरबदलको प्रभाव अर्थतन्त्र र राजनीतिमा परेकोले गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी