×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिकेका हकप्रद सेयर लिलाम गर्दै अरुण भ्याली हाइड्रोपावर

PRIME CA

नबिकेका हकप्रद सेयर लिलाम गर्दै अरुण भ्याली हाइड्रोपावर

३ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरले नबिकेका हकप्रद सेयर लिलाम गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा निष्काशन तथा बक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेका सेयर लिलाम बिक्री गर्न लागेको हो । अवितरित १९ लाख ९२ हजार १ सय ३४ कित्ता हकप्रद सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

उक्त सेयरका लागि बैशाख १० गतेदेखि २४ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त बोलपत्रमा इच्छुक जो कोही व्यक्ति, संस्था तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँ तोकिएको उक्त सेयरमा खरिदकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुर्पेछ भने अधिकतम संख्याको हद तोकिएको छैन ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: