Skip to content
LAXMI SUNRISE BANK

८ महिनामा वैदेशिक रोजगारीका लागि विदेशिने श्रमिकको संख्या ४ लाख नाघ्यो

अर्थ सरोकार

काठमाडौं । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो । गत फागुन महिनामा मात्रै ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

विभागका अनुसार साउनदेखि फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको संख्या २ लाख ८६ हजार ९३२ रहेको छ । यसमध्ये पुनः श्रम स्वीकृति लिएर जानेको संख्या भने १ लाख ८४ हजार २८८ जना रहेको छ ।

फागुन महिनामा वैदेशिक रोजगारीका लागि यूएई जाने श्रमिकको संख्या १८ हजार ७०७ जना, साउदी जाने श्रमिकको संख्या १३ हजार २६७ जना, कतार जाने श्रमिकको संख्या ११ हजार ३९० जना, मलेसियाजाने श्रमिकको संख्या ८ हजार ७१४ जना रहेका छन् भने कुवेत जाने श्रमिकको संख्या ३ हजार २०६ जना, रोमानिया जाने श्रमिकको संख्या १ हजार ७८४ जना र जापान जाने श्रमिकको संख्या १ हजार ३६० जना रहेको छन् ।

यस्तै बहराइनमा ९२८, क्रोयसियामा ९१५, मोरिससमा ८५९, दक्षिण कोरियामा ७७०, साइप्रसमा ५७७ र अमोनमा ५३३ जना नेपाली श्रमिक वैदैशिक रोजगारीका लागि बाहिरिएका छन् । यसमध्ये पुरुष श्रमिक ३५ हजार ६६ जना र महिला श्रमिक ४ हजार ८४५ जना रहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK