×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तौल घटाउने नक्कली औषधि बेच्ने २५० बढी वेबसाइटमाथि प्रतिबन्ध 

अर्थ सरोकार

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार

PRIME CA

तौल घटाउने नक्कली औषधि बेच्ने २५० बढी वेबसाइटमाथि प्रतिबन्ध 

काठमाडौँ । तौल घटाउने भन्दै नक्कली औषधि बेच्ने २ सय ५० भन्दा बढी वेबसाइटमाथि प्रतिबन्ध लगाइएको छ । साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरुलाई कारवाही गरेको हो । 

ब्रेडशिल्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) योन केरेनले सामाजिक सञ्जाल प्लेटफर्म र बजारसँग सम्बन्धित ६ हजार ९ सय भन्दा बढी औषधि हटाइएको बताएका छन् । 

जसमध्ये भारतमा ९ सय ९२, इन्डोनेसियामा ५ सय ४४, चीनमा ३ सय ६४ र ब्राजिलमा १ सय १४ औषधि छन् । 

ओजेम्पिकजीएलपी–१ को अन्य नक्कली संस्करणहरूसँग जोडिएको घातक प्रभाव बेल्जियम, स्विटजरल्याण्ड, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तिमा नौ देशहरूमा रिपोर्ट गरिएको छ । जहाँ कम्पनीहरूले मोटोपना कम गर्ने दाबी गर्दै आएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: