×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरमा खुल्यो खाद्यान्न बिक्री केन्द्र

PRIME CA

कञ्चनपुरमा खुल्यो खाद्यान्न बिक्री केन्द्र

२९ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कञ्चनपुरमा खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा आएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ जानकी टोलमा उदयदेव बहुउद्धेश्यीय सहकारी संस्थाले उक्त खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।

जिल्लाका विपन्न वर्गका नागरिकलाई मध्यनर गर्दै खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले बताएका छन् ।

चन्दका अनुसार खाद्यान्न बिक्री केन्द्रबाट निम्म तथा मध्यन्न वर्गका उपभोक्ताहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री सुपथ मूल्यमा बिक्री वितरण गरिनेछ ।

३७ लाख ४३ हजार ७ सय १४ रुपैयाँ लगानीमा सुरु भएको उक्त खाद्यान्न वितरण केन्द्रका लागि हाल २ हजार ३ सय ५८ क्विन्टल धान खरिद गरी प्रशोधन सुरु गरिएको चन्दले जानकारी दिएका छन् ।

उदयदेव सहकारीले उक्त खाद्यान्न बिक्री केन्द्र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई कञ्चनपुरसँगको साझेदारीमा स्थापना गरेको राइस मिलमा प्रशोधन गरी खाद्यान्न बिक्रीको सुरुवात गरेको संस्थाले जनाएको छ । जिल्लामै खाद्यान्न बिक्री केन्द्रको स्थापना भएसँगै विपन्न तथा मध्यम स्तरका परिवारको दैनिकी सहज हुने विश्वास गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: