काठमाडौँ । बैंकहरुले मूल्य वृद्धिभन्दा कम ब्याज दिन थालेपछि निक्षेपकर्ताहरु निरूत्साहित हुँदै गएका छन् । केन्द्रीय बैंकको गत फागुनसम्मको तथ्यांकअनुसार चालु आर्थिक बर्षको सो अवधिसम्ममा मूल्यवृद्धि दर ६.०८ प्रतिशत भए पनि विभिन्न बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर सो मूल्य वृद्धिदरभन्दा कम दिन थालेपछि निक्षेपकर्ताहरु निरुत्साहित हुन थालेका हुन् ।
निक्षेप निरुत्साहित हुन थालेपछि बैंकहरुमा पछिल्लो समय निक्षेप घट्नसमेत सुरु भएको छ ।
अझ बैंकहरुले थप ब्याज घटाउने गृहकार्य गर्न थालेपछि निक्षेपकर्ताहरु थप निराश बनेका छन् । निरन्तर घटिरहेको ब्याज जेठमा थप घटाउने तयारीमा बैंकहरु छन् ।
ब्याज घट्दा बैंकको आधार दर पनि घटी, ऋणसमेत सस्तो भएको भए पनि निक्षेपकर्ताहरु भने निराश देखिएका छन् । केहि महिनाअघिसम्म राम्रो ब्याजदर पाइरहेकाहरु अहिले ब्याज निकै तल आउन थालेपछि मुद्दती निक्षेपसमेत नवीकरण गर्न छोड्न थालेको बैंकरहरु बताउँछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्