×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी

PRIME CA
GLOBAL IME BANK

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी

१७ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । काठमाडौँमा भएको अन्तराष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यवसायिक प्रतिनिधिमण्डलबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको चेम्बर अफ कमर्सले जनाएको छ ।

अन्तराष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बरले जलविद्युत, होटल लगायतका क्षेत्रमा १ दर्जन योजनालाई लगानीका लागि सोकेसमा राखेको छ । क्रोएसियाका व्यवसायिक प्रतिनिधिमण्डल समक्ष चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।

अन्तराष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका पदाधिकारीहरूबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो ।

चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रम शक्ति, मुल्य , प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको जानकारी दिएका छन् । नेपालबाट निर्यात जन्य वस्तुहरूको उत्पादन वृद्धि, भन्सार सहजीकरण, जस्ता विषयमा क्रोएसियाको निजी क्षेत्रसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालको भनाइ छ ।

अध्यक्ष अग्रवालले पर्यटन, जलविद्युत, प्राकृतिक श्रोत, साना तथा मध्यमखाले उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिएका छन् । चेम्बर र क्रोएसियाका निजी क्षेत्रका प्रतिनिधिबीच व्यवसायिक सहकार्य गर्ने समझदारी समेत भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: