×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पनि श्रीलंका बन्छ भन्ने त्रास अब छैनः चन्द्र ढकाल

अर्थ सरोकार

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार

PRIME CA

नेपाल पनि श्रीलंका बन्छ भन्ने त्रास अब छैनः चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन् । महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकुल विकास हुन नसकी समस्यामा पर्दै गएको बताएका हुन् ।

पहिला देशको अर्थतन्त्रमा अझै समस्या छ भन्ने स्वीकार गरेपछि मात्र यसको समाधानको खोजी सहज हुने ढकालको भनाई छ । ‘अहिले आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर राज्यका तर्फबाट त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन ।’, उनले भने, ‘यो क्षेत्रले अहिले सरकारबाट प्रोत्साहन चाहेको छ । अहिलेको अवस्थामा निजी क्षेत्रलाई काम गर्ने वातावरण र अर्थतन्त्र सुधारका लागि राज्यका प्रभावकारी नीति आवश्यक छ ।’

केही समयअघि नेपाल पनि श्रीलङ्काको जस्तो अर्थतन्त्रमा पुग्छ भन्ने त्रासले निकै नै नियन्त्रणमुखी कार्यक्रमहरु नेपाल सरकार तथा केन्द्रीय बैंकले अवलम्बन गरेका कारण अर्थतन्त्र यसरी सङ्कुचन हुन पुगेको र अर्थतन्त्र सुधारका लागि दिगो कार्यक्रम अवलम्बन गर्न नसकिएको ढकालले बताएका छन् ।

करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदानका लागि मुलुकका सबै निजीक्षेत्रका तर्फबाट साझा सुझाव दिएको र ती सुझावहरु राज्यका सम्बद्ध निकायले लागू नगर्दा समस्या झन् बल्झिँदै गएको ढकालले बताए । ‘अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्र सुधारका लागि राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्यो ।’, उनले भने, ‘कानुनी अड्चन हुन गएका अवस्थामा त्यसलाई सहजीकरण गरिदिनुपर्यो र वातावरणीय रुपमा दिगो कार्यक्रमहरु अवलम्बन गर्नुपर्यो ।’

त्यस्तै, ढकालले वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा झण्डै दोब्बर भएको अहिलेको अवस्थामा आन्तरिक स्रोत बढाउन सक्नुपर्ने र यसो गर्न नसकिएमा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको औँल्याएका छन् ।

निजी क्षेत्रले निर्वाध रुपमा लगानी गरेर काम गर्न पाएको अवस्थामा मात्र पछिल्लो दुई वर्षमा देखिँदै गएको न्यून आर्थिक वृद्धिको समस्या हल हुने ढकालको निष्कर्ष रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: