×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्तव्य ज्यान घटनामा फरार अभियुक्त ९ वर्षपछी पक्राउ

PRIME CA
GLOBAL IME BANK

कर्तव्य ज्यान घटनामा फरार अभियुक्त ९ वर्षपछी पक्राउ

१७ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कर्तव्य ज्यान घटनामा फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४७ वर्षीय समर बहादुर सार्की रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सार्कीलाई वैशाख १६ गते काठमाडौँ चान्लाखेल एरियाबाट पक्राउ गरेको हो ।

उक्त व्यक्ति २०७१ साल कात्तिक १ गते जिल्ला काठमाडौँ सतीदेवी गाविस वडा नं ६ तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालय भित्र जिल्ला म्याग्दी कुहू गाविस वडा नं ५ स्थायी वतन भएकी वर्ष २३ की सुनमाया किसान सार्कीलाई कर्तव्य गरी फरार रहेका थिए ।

प्रहरीको टोलीले समरलाई ९ वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको आवश्यक कानुनी कारवाहीको लागी प्रहरी वृत्त किर्तिपुर पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: