Skip to content
LAXMI SUNRISE BANK

डिशहोमले ल्यायो ‘डिशहोम मिसन ८१’ योजना

अर्थ सरोकार

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ । सो योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु ३००० मा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।

ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् । नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन्।

फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK