काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्व ६० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ५.७७ प्रतिशतले धेरै हो । गत वर्ष बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८२ प्रतिशतले बढेर घटेर ५ अर्ब ६३ करोड ३० लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, सञ्चालन नाफा पनि ५.७८ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, एभरेष्टको इम्पेयरमेन्ट चार्ज भने ५५ करोड १४ लाखबाट बढेर ६३ करोड ७१ लाख रुपैयाँ पुगेको छ । खराब कर्जा ०.७० प्रतिशतमा स्थिर रहेको छ भने बैंकको रिजर्भ कोष १५.४८ प्रतिशतले बढेर ११ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्ममा प्रतिसेयर आम्दानी १.१९ रुपैयाँले घटेर २९.५५ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २२६.७३ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्