Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य स्थिर छ । बिहीबारदेखि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसका दरले कारोबार भइरहेको छ ।

त्यस्तै, यूरोको विनिमय मूल्य भने घटेको छ । बिहीबार १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९१ पैसाले कारोबार भएकोमा राष्ट्र बैंकले शुक्रबारका लागि यूरो एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा तोकेको छ ।

बेलायती पाउण्डको पनि बिहीबार १६८ रुपैयाँ ६३ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसाले कारोबार भएकोमा शुक्रबार घटेर पाउण्ड एकको खरिद मूल्य १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा कायम गरिएको छ ।

यता आज कतारी रियाल एकको खरिद दर एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK