काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेटेर शुभकामना तथा बधाई दिएका छन्। उद्योग वाणिज्य महासंघ उपाध्यक्ष तथा रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठसहितको टोलीले मन्त्री अर्याललाई भेटेर शुभकामना तथा बधाई दिएको हो।
भेटमा उपाध्यक्ष श्रेष्ठले छिटफुट घटनाबाहेक श्रम सम्बन्धमा खासै समस्या नभएको बताइन् । तथापि श्रम सम्बन्धलाई भरपर्दो, बलियो र उत्पादकत्व वृद्धि गर्नतर्फ जोड दिनपर्ने महासंघको धारणा रहेको उनको भनाइ थियो। केही महिनाअघि महासंघ र जेटीयूसीसीबिच समझदारी भएको र त्यसलाई प्रभावकारी बनाउने क्रममा चाँडै रणनीतिक योजना बनाएर अगाडि बढ्ने सहमति भएको उनले मन्त्रीलाई जानकारी दिइन्।
देशबाट सीपयुक्त श्रमशक्ति बिदेसिँदा देशले भोग्नुपर्ने श्रम चुनौतीलाई मनन गरेर श्रमिकका लागि तालिम कार्यक्रम सञ्चालन र तिनलाई उत्पादनमूलक क्षेत्रमा लगाउने व्यवस्था मिलाउन उनले मन्त्री अर्यालको ध्यानाकर्षण गराइन् ।
श्रम विवादको छिटोछरितो समाधान गर्न प्रदेशमा रहेका उच्च अदालतलाई श्रमसम्बन्धी विवाद हेर्ने गरी क्षेत्राधिकार तोक्न व्यवस्था गर्न मन्त्रीसमक्ष आग्रह गरिएको महासंघले जनाएको छ।
त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केर आएकाको पुनः एकीकरण, श्रमिकलाई तालिम आदि विषयमा सरकार र निजी क्षेत्रले सहयोगी रुपमा काम गर्नुपर्ने र त्यसका लागि महासंघ तत्पर रहेको श्रेष्ठले बताइन् ।
श्रममन्त्री अर्यालले महासंघले उठाएका विषय गम्भीर रहेको र त्यस मध्ये प्रदेशमा रहेका उच्च अदालतलाई क्षेत्राधिार तोकी श्रम अदालतको काम गर्न दिने भने विषयमा बागमतीलाई काठमाडौंले हेर्ने र बाँकी सबै ६ प्रदेशस्थित उच्च अदालतलाई अधिकार दिने गरी मन्त्रालयबाट काम भईसकको बताएका थिए।
श्रमिकलाई तालीम दिने सम्बन्धमा मन्त्रालयले तालिम दशक मनाउँदै गरेकाले त्यसका लागि निजी क्षेत्र महासंघसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता उनले जनाए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्