काठमाडौँ । धनकुटामा तरकारी बोक्ने गाडीबाट ५ सय किलो बढी गाँजा बरामद गरिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट प्रहरीले ५ सय ४४ केजी गाँजा बरामद गरेको हो ।
धनकुटाबाट तरकारी लिएर धरानतर्फ जाँदै गरेको को १ ख ३२९४ नम्बरको मिनी ट्रकबाट सो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त गाडीमा तरकारीको बोराभित्र १८ वटा पोकामा राखिएको अवस्थामा ५ सय ४४ किलो गाँजा बरामद गरिएको हो । प्रहरीले उक्त गाँजा र मिनी ट्रक नियन्त्रणमा लिएको छ ।
हाल उक्त मिनी ट्रकका चालक भने फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्