×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपती लघुवित्तद्वारा व्यावसायिक तरकारी खेती तालिम प्रदान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गणपती लघुवित्तद्वारा व्यावसायिक तरकारी खेती तालिम प्रदान

२८ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। गणपती लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यावसायिक तरकारी खेती तालिम प्रदान गरेको छ । लघुवित्तको शाखा कार्यालय मनहरिले सीप विकास मार्फत उद्यमशिलता विकासमा टेवा पुरयाउने उद्देश्यले मनहरि -७ मकवानपुरमा ग्राहक सदस्य महिलाहरुलाई  चैत्र २७ गते मंगलबार व्यावसायिक तरकारी खेती तालिम प्रदान गरेको हो ।
विभिन्न समुहमा आवद्ध ३६ जना महिलाहरुलाई व्यवसायीक तरकारी खेतीको बारेमा तालिम प्रदान गरिएको मनहरिका शाखा प्रमुख सुरज दाहालले जानकारी दिए । तालिम लिएका महिलालाई व्यवसायीक रुपमा तरकारी खेती गर्नका लागि लघुवित्तले आवश्यक कर्जा प्रदान गरिरहेको पनि उनले भने ।
तालिम कार्यक्रममा मलको प्रयोजन, तरकारीमा लाग्ने रोग, बाली लगाउने तौर तरिका, बेमौसमी तरकारी  बजारको माग अनुरुप उत्पादन व्यवस्थापन लगायतको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
व्यावसायिक तरकारी खेती तालिमको प्रशिक्षकमा  मनहरि गाउँपालिकाका कृषि प्राविधिक शिव नारायण शाह रहेका थिए । शाखा प्रबन्धक सुरज दाहालको अध्यक्ष्यतामा संचालन भएको  कार्यक्रमको सहजीकरण विकास कुमार माझिले गरेका थिए । तालिमको अन्त्यमा सम्पुर्ण सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: