काठमाडौँ । गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सम्झौता भएको छ । बैंक र टानबीच सदस्य संस्थाहरूलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई बैंकले अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ । साथै, ५ लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने बैंकले जनाएको छ ।
बैंकले सो सेवाले गर्दा टानका सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफूलाई पायक पर्ने गरिमा विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।
त्यस्तै, बैंकले टानको केन्द्रिय संगठनसंग काठमाडौँमा यस किसिमको सम्झौता गरिसकेको छ । बैंकको तर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्