×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अम्बानीलाई टक्कर दिँदै अडानी, १ वर्षमै कमाए ३६.८ अर्ब डलर !

PRIME CA

अम्बानीलाई टक्कर दिँदै अडानी, १ वर्षमै कमाए ३६.८ अर्ब डलर !

२१ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भारतीय अर्बपति गौतम अडानीको सम्पत्ति एक वर्षमै ३६ अर्ब डलरले बढेको छ । पछिल्लो रिपोर्टअनुसार अडानीको सम्पत्ति एक वर्षमै ३६.८ अर्ब डलर बढेको हो ।

योसँगै अडानी भारतको सबैभन्दा धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अडानीको कुल नेटवर्थ ८४ अर्ब डलर रहेको छ ।

फोर्ब्सका अनुसार हाल भारतमा सबैभन्दा धनी व्यक्तिको पहिलो सूचीमा मुकेश अम्बानी रहेका छन् । हाल अम्बानीको कुल नेटवर्थ ११६ अर्ब डलर रहेको छ ।

त्यस्तै, भारतका २०० अर्बपतिमध्ये सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा शिव नाडर रहेका छन् भने चौथो स्थानमा ३३.५ बिलियन डलर नेटवर्थसहित सावित्री जिन्डल रहेकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: