×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकद्धारा तुल्सीपुरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्लोबल आइएमई बैंकद्धारा तुल्सीपुरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

Artha Sarokar

७ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्लोबल आइएमई बैंकले तुल्सीपुरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले तुल्सीपुर उपमहानगरपालिका वडा नं ६ मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ । उक्त काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ ।

त्यस्तै, नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् ।

तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले एक समारोहकाबीच नयाँ एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी