काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्य आज प्रतितोला १८०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८०० रुपैयाँले बढेर एक लाख ३३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १८०० रुपैयाँले बढेर प्रतितोला एक लाख ३२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १६१० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छपावाला सुनको मूल्य एक लाख १४ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १३ हजार ४ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३८० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्