×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको भाउमा फेरि नयाँ रेकर्ड, छिट्टै तोलाको डेढ लाख पुग्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुनको भाउमा फेरि नयाँ रेकर्ड, छिट्टै तोलाको डेढ लाख पुग्ने !

Artha Sarokar

२२ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार फेरि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला एक लाख ३३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १००० रुपैयाँले बढेर एक लाख ३४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १००० रुपैयाँले बढेर प्रतितोला एक लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १६५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १४ हजार ८ सय ८५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १४ हजार ३ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४१४.५० रुपैयाँ कायम गरेको छ ।

केहि दिन यता सुनको मूल्य निरन्तर बढिरहेको छ। अव छिट्टै सुनको मूल्य डेढ लाख पुग्ने जानकारहरुको भनाई छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी