×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम, हालसम्मकै उच्च बिन्दुमा !

PRIME CA
GLOBAL IME BANK

आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम, हालसम्मकै उच्च बिन्दुमा !

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २९०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३२ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २९०० रुपैयाँले बढेर एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन २९०० रुपैयाँले बढेर प्रतितोला एक लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला १६७० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १६ हजार २ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १५ हजार ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४३२ रुपैयाँमा किनबेच भईरहेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: