काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले बढेर एक लाख ३६ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १६८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १६ हजार ७ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १६ हजार दुई सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४४४.५० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।