×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

Artha Sarokar

२८ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार एक सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १७०० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १७ हजार दुई सय ८५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १६ हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १४५७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी