काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १७ सय रुपैयाँले बढेर एक लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १७ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १७५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १९ हजार ३ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १८ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५०० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।