×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

PRIME CA

आइतबार स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

९ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख ३८ हजार ६ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १७४० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १९ हजार ४ सय ३० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १८ हजार ८ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४९२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: