×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

PRIME CA

मंगलबार २७ सय रुपैयाँले घट्यो सुनको मूल्य

११ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २७०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३८ हजार दुई रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २७०० रुपैयाँले घटेर एक लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४५ रुपैयाँले घटेर प्रतितोला १६६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: