×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

PRIME CA

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१६ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले बढेर एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ४०० रुपैयाँले बढेर प्रतितोलाएक लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १६६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १७ हजार ९ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १७ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४२३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: