×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेण्ट बैंक र फिस्टेल हस्पिटल एण्ड रिर्सच सेन्टरबीच सम्झौता

PRIME CA

ग्रीन डेभलपमेण्ट बैंक र फिस्टेल हस्पिटल एण्ड रिर्सच सेन्टरबीच सम्झौता

अर्थ सरोकार

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड पोखराले फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीसँग सम्झौता गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको बैंकले आफ्ना सम्पुर्ण ग्राहक तथा कर्मचारीका लागी विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा छुट प्रदान गर्नका लागी विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौता पछि बैंकका ग्राहक एवं कर्मचारीले हस्पिटलमा उपलब्ध सेवाहरु Doctor’s /Physician Consultation Fee, USG(Ultrasonogram), UGI Endoscopy, ECG,E-ray, CT Scan, All type of Bed Charges, Pathology Service, Health Package मा ५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

पोखरामा गैहृापाटनमा अवस्थित हस्पिटलबाट अन्तर्राष्ट्रियस्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरबाट विभिन्न रोगको उपचार हुँदै आएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक संयुक्तबहादुर धाख्वा र पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीका तर्फबाट अध्यक्ष प्राडा भोला श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: