×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

Artha Sarokar

२८ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १०औं तथा ११औं संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा चैत्र २७ गते मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा-६, कास्कीमा सम्पन्न भएको हो ।

बैंकको संचालक समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही  आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

बैंकको संचित मुनाफा रकमबाट ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, बैंकको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम हुने प्रस्ताव पारित गरेको छ ।

संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्विरोध निर्वाचन सम्पन्न भएको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक सुजन काफ्ले एण्ड एसोसियट्स चार्टड एकाउन्टेन्टलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी