×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पक्राउ परेर छुटेपछि ज्ञानेन्द्र शाहीको गर्जन- ‘त्यो दिन हाम्रो लागि कालो दिन हो’

अर्थ सरोकार

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार

PRIME CA

पक्राउ परेर छुटेपछि ज्ञानेन्द्र शाहीको गर्जन- ‘त्यो दिन हाम्रो लागि कालो दिन हो’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले चैत २७ गते (मंगलबार) आफूहरुको लागि कालो दिन भएको बताएका छन् । कानूनविपरित गृहमन्त्रीले निषेधित क्षेत्र घोषणा गरेर शान्तिपूर्ण आन्दोलन गर्दा पनि आफूहरुमाथि धरपकड गरेको भन्दै चैत २७ गते ‘कालो दिन’ भएको बताएका हुन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले भद्रकाली, रत्नपार्क लगायतका ठाउँमा निषेधित क्षेत्र घोषणा गर्नू कानूनतः नभएको भन्दै निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णको विरोध गरका छन् ।

मंगलबार भद्रकालीमा राप्रपाको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न भन्दै कार्यकर्तालाई उक्साएको आरोपमा प्रहरीले सांसद शाहीलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, शाहीले तत्कालीन समयमा पत्रकार हुँदा गृहमन्त्री रवि लामिछानेले निषेधित क्षेत्र घोषणा गर्ने सरकारी निर्णको टेलिभिजन कार्यक्रममा विरोध गरेको तर अहिले आफैँले त्यही नीति अँगालेको भन्दै रविको अलोचनासमेत गरेका छन् । साथै शाहीले रास्वपाले २०४७ सालयताका सबै भ्रष्टाचार फाइल खोल्नुपर्ने मागलाई समर्थन गर्दै आफैँ सरकारमा भएका बेला माग गर्न आवश्यक नभएकोले सबै भ्रष्टाचारका फाइल खोल्न चुनौतिसमते दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: