काठमाडौं। हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाको संयुक्त आयोजनामा महिलाहरुको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण एवम् प्रशिक्षण कार्यक्रम आइतबार जीतपुर मेघौलीमा सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष दण्डपाणी रिजालको प्रमुख आतिथ्यता तथा नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाका सभापति गोबिन्द प्रसाद पौडेलको अध्यक्षतामा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जितपुर सेवाकेन्द्र कार्यालय परिसरमा सम्पन्न उक्त कार्यक्रममा ८० जना महिलाहरुको परिक्षण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी दण्डपाणी रिजालले विश्वब्यापी रुपमा ब्यापक फैलिरहेको क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि गरिएको यस कार्यक्रम समाजका लागि निकै फलदायी रहने बताए ।
त्यसैगरी नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाका सभापती गोविन्द प्रसाद पौड्यालले पाठेघरको क्यान्सर जाँच, स्तन क्यान्सरबारे सचेतना, प्रारम्भिक पहिचान र रोकथाम गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाका पूर्व सभापति दिनेश कुमार चुके, हंस बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तथा नेपाल अर्बुद रोग निवारण संस्थाका कार्य समिति सदस्य शारदा शर्मा पौडेल, नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाका सचिव कृष्णहरि तिमल्सेना र हंस बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटा लगायतले मन्तब्य राखेका थिए ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको प्राविधिक सहयोग एवम् वरिष्ठ नर्सिङ सुपरभाइजर, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख अयोध्या पाठक, वरिष्ठ नर्स विष्णुमाया अधिकारी, पब्लिक हेल्थ अफिसर सुम्निमा श्रेष्ठ तथा दिपक बेलवासेको नेतृत्वमा क्यान्सर रोगसम्बन्धी परिक्षण तथा प्रशिक्षण गरिएको थियो ।
भरतपुर महानगरपालिका वडा नं.२८ को समन्वयमा कार्यक्रम सम्पन्न गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्