Skip to content
LAXMI SUNRISE BANK

हंस सहकारीका सदस्यलाई चितवन मेडिकल कलेजमा छुट

अर्थ सरोकार

काठमाडौं। हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्यहरुले चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा उपचारका लागि २० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार संस्था र अस्पतालबीच भएको सम्झौताअनुसार संस्थाका सदस्यहरुलाई अस्पतालमा उपचारका क्रममा २० प्रतिशत एवम् औषधिमा सात प्रतिशत छुट हुने जनाईएको छ ।

संस्थाका अध्यक्ष दिनेश कुमार चुके र चितवन मेडिकल कलेजका तर्फबाट अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । छुट सेवा लिनका लागि हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

त्यसैगरी संस्थाले आयोजना गरेको कुनै पनि स्वास्थ्यसम्बन्धी कार्यक्रममा अस्पतालले आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताका सम्बन्धमा चितवन मेडिकल कलेजका अप्रेसन व्यवस्थापक पारस अधिकारीले स्पष्ट पारेका थिए ।

सहकारी र अस्पतालबीच भएको सम्झौता २०८१ बैशाख १ गतेदेखि सुरु भइ २०८४ चैत ३० गतेसम्म लागु हुनेछ ।

सो अवसरमा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव शारदा शर्मा पौडेल, कोषाध्यक्ष प्रमोद कुमार श्रेष्ठ, संचालक सदस्य प्रा।डा। होमनाथ सापकोटा संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी होटल व्यवसायी महासंघ नेपाल र चितवन मेडिकल कलेजबीच महासंघम आवद्ध व्यवसायी, कर्मचारी र आश्रित परिवारका लागि उपचारमा छुट सम्झौता गरिएको महासंघका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK