काठमाडौं। हिमालयन बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै सहायक प्रबन्धक पदमा एक जना कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार आइटी क्षेत्रमा स्नातक गरेको र १० वर्ष काम गरेको अनुभव भएकालाई प्रथामिकता दिइने छ । त्यस्तै, नेपाली र अंग्रेजी बोल्न र लेख्न सक्ने हुनु पर्नेछ ।
सो पदमा जागिर खान इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख २३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन बैंकको वेबसाइट मार्फत दिन सकिनेछ ।