काठमाडौँ । पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि दाङका होटेल व्यवसायी मारमा परेका छन् । होटेल सञ्चालकहरु भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको नेपाल उद्योग व्यापार महासङ्घका तुल्सिपुरका अध्यक्ष घनश्याम डाँगीले बताएका छन् ।
‘होटेल सञ्चालकहरु भाडा तिर्नसमेत सक्ने अवस्था छैनन् ।’, उनले भने, ‘व्यवसायी पलायन हुने अवस्थामा छ ।’
होटेल व्यवसायी मारमा परेको अवस्थामा राज्यले पनि हेर्नुपर्ने होटेल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कराज काफ्लेले माग गरेका छन् । होटेल व्यवसायी आफै मारमा परेको अवस्थामा राज्यले पनि दोहोरो कर लिने गरेको उनको भनाई छ । ‘होटेल व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको हो ।’, उनले भने, ‘यसमा राज्यले चासो दिनुपर्छ ।’
पर्यटन प्रवद्र्धनदेखि स्थानीयस्तरको विकासका लागि होटेल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले बताए । यसमा होटेल व्यवसायी एकजुट हुनुपर्ने उनको भनाइ छ । अहिले होटेल व्यवसायीलाई लगानी गर्ने वातावरणसमेत नरहेको बस्नेतले बताएका छन् ।
‘धेरै होटेल व्यवसायी पलाइन भइसके ।’, उनले भने, ‘अझै पलायन हुने अवस्था जारी छ, अहिले लगानी गर्ने वातावरण पनि छैन ।’ दाङको तुलसीपुरमा मात्रै पाँच सयभन्दा बढी होटेल व्यवसायी छन् । तर, अधिकांश होटेलहरुले भाडा तिर्नसमेत नसकिरहेको तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताएका छन् ।
दाङ प्रदेशको राजधानी भए पनि टरिगाउँ विमानस्थल नियमित सञ्चालन नहुँदा पनि बाह्य मानिस आउन नपाउँदा होटेल चल्न नसकेको बस्नेतले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्