काठमाडौं। लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न भएको छ । बैशाख ६ र ७ गते आयोजना गरिएको दुई दिने सम्मेलन काठमाडौंको कमदालीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो ।
सम्मेलनको उद्धघाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका थिए । सम्मेलनमा नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा प्रस्तुतीकरण तथा गहन छलफल भएको थियो ।
कार्यक्रममा लेखा व्यवसायको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइफयाक) का अध्यक्ष आस्मा रेसमौकी, नेपाल राष्ट्र बैंकका गभर्नर सिए. महाप्रसाद अधिकारी, राजस्व सचिव डा. राम प्रसाद घिमिरे, एक्यानका अध्यक्ष सिए. दीपक पाण्डे, अडानका अध्यक्ष आरए. केदारनाथ पौडेल, विभिन्न वाणिज्य बैंक तथा कम्पनीका सीइओ तथा वरिष्ठ सिएहरु सहभागी थिए ।
त्यस्तै, नेपाल धितोपत्र बोर्ड, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सहकारी विभाग, नेपाल बीमा प्रधिकरण, आन्तरिक राजस्व विभाग, केन्द्रिय अनुसन्धान ब्यूरो, कम्पनी रजिष्टार लगायत अन्य सरकारी निकायका प्रतिनिधिहरु समेत सहभागिता रहेको थियो । बाँकि तस्विरमा हेर्नुहोस् :


















Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्