Skip to content
LAXMI SUNRISE BANK

आइसीएफसी फाइनान्सद्वारा वित्तीय विवरण सार्वजनिक, ६०.३६ प्रतिशतले घट्यो खुद नाफा (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । आइसीएफसी फाइनान्सको नाफामा गिरावट आएको छ । फाइनान्सले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार फाइनान्सको खुद नाफा ६०.३६ प्रतिशतले घटेर ३ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा बैंकले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा फाइनान्सको इम्पेयरमेन्ट चार्ज बढेर १६ करोड ९१ लाख पुगेको छ । गत वर्ष इम्पेयरमेन्ट चार्ज ११ लाख ६६ हजार रहेको थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा असर परेको हो ।

त्यस्तै, फाइनान्सको खुद ब्याज आम्दानी भने घटेको छ । खुद ब्याज आम्दानी ४१ करोड ५५ लाखबाट बढेर ३८ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । आइसीएफसीको निष्क्रिय कर्जा दर २.६४ प्रतिशत बिन्दुबाट बढेर ३.९१ प्रतिशत पुगेको छ ।

हाल आइसीएफसीको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ७० करोड ४४ लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी ३.७५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ भने १५२.६१ रुपैयाँ छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK