×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इलाममा प्रसाईंको ‘नो भोट’ अभियान

PRIME CA

इलाममा प्रसाईंको ‘नो भोट’ अभियान

अर्थ सरोकार

६ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले इलाममा ‘नो भोट’ अभियान चलाएका छन् । बैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै प्रसाईंले बिहीबार ‘नो भोट’ अभियान चलाएका हुन् ।

प्रसाईंले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’को सभा गरिएको हो । ‘नो भोट’ अभियानमा प्रयोग भएका गाडीहरुमा नेपालको झण्डा प्रयोग गरिएका थिए भने अधिकांश गाडीहरु भारतीय नम्बर प्लेटका थिए ।

यसो त निर्वाचन आचारसंहिता–२०७९ अनुसार निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । तर, ‘नो भोट’ अभियानमा प्रशासनले अवरोध गर्न नसकेको स्थानीयले बताएका छन् । इलाममा आउँदो निर्वाचनलाई प्रभाव पार्न आचारसंहिताविरुद्धको कार्यक्रम गरिएको भन्दै शीर्ष दलका नेताहरु आक्रोशित भएका छन् । सभामा प्रसाईं आफैं सहभागी छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: