×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘माछो माछो भ्यागुतो’झैँ बन्यो लगानी सम्मेलन, करोडौँ खर्च स्वाहा, अर्थतन्त्रलाई फाइदा सून्यजस्तै !

PRIME CA
GLOBAL IME BANK

‘माछो माछो भ्यागुतो’झैँ बन्यो लगानी सम्मेलन, करोडौँ खर्च स्वाहा, अर्थतन्त्रलाई फाइदा सून्यजस्तै !

१८ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वैदेशिक लगानीलाई आकर्षित गर्ने भनेर निकै तामझामका साथ आयोजना गरिएको लगानीसम्मेलन कर्मकाण्डीजस्तै बनेर सकिएको छ । कुनै ठोस उपलब्धि बिना सम्पन्न भएको सो सम्मेलनले नेपाली अर्थतन्त्रलाई कुनै फाइदा नदेखिने देखिएको छ भने हतार–हतार कानुनहरू संशोधन गर्दा पनि लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक नदेखिएको पाइएको छ ।

सो केसमा राखिएका १ सय ५२ वटा परियोजनाहरूमाथि पनि बिदेशी लगानीकर्ताको खासै चासो देखिएन । सोमबार केही सम्झौता र समझदारीहरूमा हस्ताक्षर भए पनि हस्ताक्षर भएका योजनाहरुमध्ये धेरैमा गैरआवसीय नेपालीकै लगानी देखिन्छ भने सम्झौता भएका केहि योजनाहरु पनि औपचारिकताका लागि मात्र भएको प्रष्ट देखिन्छ ।

धन्न, भारतीय केहि लगानीकर्ताले र केहि चिनियाँ लगानीकर्ताहरुले लगानी सम्मेलनको इज्जत जोगाईदिएका छन् । त्यसमा पनि चिनियाँ लगानीकर्ताले गरेका सम्झौता कार्यान्वयन हुनेमा शंका छ ।

सम्मेलन अवधिभर भएका कुल १२ वटा सेसनहरु औपचारिकतामा सिमित भएका छन् ।

यद्यपी अर्थमन्त्री वर्षमान पुनले भने सम्मेलन सफल भएको दाबी गरे । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको दाबी गरे । तर उनीहरुको बोली पनि आयोजकलाई रिझाउने औपचारिकतामात्र भएको ठम्याई जानकारहरुको छ ।

जानकारहरुका अनुसार लगानी सम्मेलनमा भएको करोडौं खर्च विना उपलब्धि स्वाहा भएको छ । सम्मेलनमा अपेक्षित लगानीकर्ताले चासो नदेखाउँदा सम्मेलनले अर्थतन्त्रलाई पुर्याउने फाइदा पनि सून्यजस्तै देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: