काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा डा.ध्रुव कुमार गौतम र सिए मन्दिप वशिष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १३ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले उनीहरूलाई सो पदमा नियुक्त गरेको हो ।
गौतमले रणनिति व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । साथै, उनीसँग एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाइल्याण्डको सहायक प्राध्यापक, बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीकी केस अध्ययन केन्द्रको बोर्ड सदस्य, डङ ए विश्वविद्यालय दक्षिण कोरियाको भिजिटिङ प्राध्यापक, टेक्सास क्रिस्चियन विश्वविद्यालयको अनुसन्धान सहयोगी भई कार्य गरेको अनुभव छ ।
त्यसैगरी सिए मन्दिप वशिष्ठले नेपाल बोर्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथ डिप्लोमा इन आईएफआरएस गरेका छन् । उनीसँग एसएमई क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीहरूको लागि ऋण तथा सेयर पूँजी परिचालन गरेको अनुभवका साथै स्विस राजदूतावास तथा युएसएआइडीको विकास वित्त पोषणको लागि एसएमइको विशेषज्ञको रुपमा सफल कार्य गरेको अनुभवसमेत रहेको छ ।
नव नियुक्त स्वतन्त्र सञ्चालकद्वय प्राध्यापक डा.ध्रुव कुमार गौतम र सिए मन्दिप वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराएका हुन् । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।
हरेक ग्राहकहरूको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैङ्करको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्