×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवाको नाफा ८.४५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४७ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कामना सेवाको नाफा ८.४५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४७ पैसा

Artha Sarokar

९ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकको नाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा ८.४५ प्रतिशतले बढेर ३३ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा बैंकले १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ४.४८ प्रतिशतले घटेर १ अर्व ४५ करोड रुपैयाँमा पुगेको छ ।गत वर्ष बैंकले १ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यसैगरी, बैंकको सञ्चालन नाफा भने २.९२ प्रतिशतले बढेर ५४ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा कामना सेवाको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ५० पैसाले बढेर १३ रुपैयाँ ४७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३४ पैसा छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी