काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयहरुलाई नेपालीपन झल्किने नाम राख्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै महानगरपालिकाले महानगर क्षेत्रभित्रका संस्थागत विद्यालयहरुलाई ७ दिनभित्र नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको हो ।
महानगरको सूचनाअनुसार विद्यालयको नामाकरण नगरे विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरले चेतानवीसमेत दिएको छ ।
शिक्षा नियमावली, २०५९ को नियम १५४ तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै नाम परिवर्तन गर्न निर्देशन दिएको महानगरपालिकाले जनाएको छ ।
त्यस्तै, विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्