×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरले क्यान्सरको निःशुल्क परीक्षण गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौं महानगरले क्यान्सरको निःशुल्क परीक्षण गर्ने

Artha Sarokar

५ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले बैशाख ५ गतेदेखि निःशुल्क क्यान्सर परीक्षण शिविर संचालन गरेको छ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो ।

सो शिविर बैशाख महिनासम्म संचालन गरिने महानगरपालिकाका सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रले जनाएको छ । शिविरको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भएको थियो भने आजदेखि वडास्तरीय परीक्षण शिविर सुरु भएको छ ।

महानगरका अनुसार वडा नं. ३१ भीमसेनगोलामा बुधबार र बिहीबार गरी २ दिन शिविर चल्नेछ भने ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं. २५ र २७ को संयुक्त शिविर हुनेछ । त्यस्तै, ११ गते मंगलबार र १२ गते बुधबार वडा नं. ३ महाराजगञ्जमा हुनेछ ।

१४ गते शुक्रबार वडा नं. २६ लैनचौरमा, १६ गते आइतबार वडा नं. २० भीमसेनस्थानमा, १७ गते सोमबार, वडा नं. २१ यंगालमा, १८ गते मंगलबार वडा नं. २३ ओमवहालमा शिविर हुनेछ । यसैगरी वैशाख २० गते बिहीबार र २१ गते शुक्रबार वडा नं. १५ मा, २४ गते सोमबार वडा नं. २ लाजिम्पाटमा, २५ गते मंगलबार वडा नं. २४ मखनमा, २६ गते बुधबार वडा नं. २२ टेवहालमा, २७ गते बिहीबार वडा नं. १८ नरदेवीमा, २८ गते शुक्रबार वडा नं. १९ कंकेश्वरीमा, ३० गते आइतबार र ३१ गते सोमबार वडा न. ३२ कोटेश्वरमा शिविर हुने तालिका रहेको छ ।

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी