काठमाडौं। ‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ।
यस प्याकेजमा प्रयोगकर्ताले मात्र ७ सय ६० रुपैयाँबाट सुरु हुने र ५ लाख ३० हजारसम्मको स्वास्थ्य, दुर्घटना, र जीवन बीमा साथै एक लाख ५० हजार बराबरको विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन्। १८ वर्ष देखि ६० वर्ष सम्मका प्रयोगकर्ताले ‘खल्ती सुरक्षा प्लस’ को सब्स्क्रिब्सन लिन सक्ने कम्पनीले जनाएको छ ।
सब्स्क्रिब्सन लिएका प्रयोगकर्ताहरूले जीवन बिमा स्वरूप दुई लाख ५० हजार, गम्भिर बिमारीकाे उपचार खर्च स्वरूप ५० हजार र अस्पताल भर्ना, दुर्घटना तथा अन्त्येष्टि खर्च स्वरूप दुई लाख ३० हजारसम्म दाबि गरि कूल ५ लाख ३० हजारसम्मको स्वास्थ्य सुरक्षा प्राप्त गर्न सक्नेछन् ।
यस लगायत प्रयोगकर्ताहरूले ‘खल्ती सुरक्षा प्लस’ अन्तर्गत रु १,५०,०००+ काे आँखा, कपाल, छाला, सम्बन्धित स्वास्थ्य सेवाहरूकाे लाभ उठाउन सक्नेछन् । यस सेवा पूर्व खल्तीले ‘खल्ती सुरक्षा’ नामक स्वास्थ्य सेवाको सब्स्क्रिब्सन समेत उपलब्ध गराउँदै आईरहेको थियो ।
बार्षिक रू ३६० मा उपलब्ध यस प्याकेजमा भने दुई लाख ३० हजारसम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा साथै एक लाख ५० हजारसम्मको विभिन्न हेल्थ केयर फाइदा उपलब्ध छ ।
हालको समयमा बीमा सुबिधा लिनलाई झेल्नुपर्ने आर्थिक भारको चुनौतिका कारण धेरै प्रयोगकर्ताहरू आफ्नो स्वस्थ सुरक्षाबाट बन्चित रहेको अवस्थामा मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘सुरक्षा प्लस’ नामक बजेट फ्रेन्ड्ली स्वास्थ्य सुविधा प्याकेज उपलब्ध गराएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्