Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले ल्यायो नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले आइफोन १५ जित्ने मौका

अर्थ सरोकार

काठमाडौं। कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जीतौँ आइफोन १५ एकास्सी’ सुचारु गरेको छ ।

यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रुपैयाँको टपअप र कुनैपनि एउटा डाटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्राण्ड न्यु आइफोन-१५ जित्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सकिनेछ । अभियानको अवधि बैशाख १ देखि बैशाख ३१ सम्म रहेको छ ।

कुमारी बैंक लिमिटेडले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ एकाइहरू सहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरु मार्फत आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK