×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

Artha Sarokar

९ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती नगरपालिका वडा नं २ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र निजको श्रीमान विश्व नाथ पाण्डेलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेको हो ।

उक्त रकम कुमारी बैंक लिमिटेडको कावासोती शाखाबाट हस्तान्तरण गरिएको थियो । नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पुर्ण शारीरिक अशक्क्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ ।

बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी