×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

PRIME CA

नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

२६ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलाशले न्यौपानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गरेको हो ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरणले कलेजको सम्पत्ति गैरकानूनी रुपमा आफ्नो नाममा राख्ने निर्णय गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सामाजिक संस्थाको १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ गैरकानूनी रुपमा अपचलन गरेको अभियोगमा दोषी ठहर गर्दै अदालतले २०८१ बैशाख १६ गते न्यौपानेमाथि सजाय निर्धारणका लागि पेशी तोक्न आदेश दिएको छ ।

न्यौपानेले उक्त कलेजको नाम मिल्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा आफ्नो नाममा प्राइभेट कम्पनी दर्ता गरी कलेजको चल–अचल सम्पत्ति र दायित्व समेत सो कम्पनीमा सार्ने प्रयत्न गरेको समेत देखिन आएकोले न्यौपानेले सम्पत्ति शुद्धीकरणको कसुर गरेको पुष्टि हुने अदालतको फैसलाको रायमा उल्लेख गरिएको छ । त्यसका साथै न्यौपानेले कलेजको तलब, भत्ता, गाडी र अन्य सुविधाका नाममा पनि रकम दुरुपयोग गरेको विशेष अदालतले ठहर गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: