×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी सनराइज बैंकको खराब कर्जा ह्वात्तै बढ्यो, वितरणयोग्य मुनाफा ऋणात्मक, ईपीएस ५ रुपैयाँले घट्यो (विवरणसहित)

PRIME CA

लक्ष्मी सनराइज बैंकको खराब कर्जा ह्वात्तै बढ्यो, वितरणयोग्य मुनाफा ऋणात्मक, ईपीएस ५ रुपैयाँले घट्यो (विवरणसहित)

७ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको खुद नाफा २७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा २७.७० प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा बैंकले कुल १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी १०३.४९ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन १०२.९८ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०१.६३ प्रतिशत र सञ्चालन मुनाफा ११.७८ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा भने १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जामा उल्लेख्य वृद्धि भएका कारण बैंकको इम्पेयरमेन्ट चार्ज ४ अर्ब पुगेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३२ पैसाले घटेर ९ रुपैयाँ २९ पैसामा झरेको छ । यसअवधिमा बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: