×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास कोषका योजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

PRIME CA

लुम्बिनी विकास कोषका योजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले भक्तपुरमा खरिद गरेको जग्गाको रकम लेनदेन गर्दा बैंकिङ विवरणबाट कोषमा ठेक्कापट्टाको काम जिम्मा लिने निर्माण कम्पनीबाट ८० लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । इन्जिनियर भट्टराईले भक्तपुरको सूर्यविनायक-७ मा २ रोपनी ९ आना र २ आना १ दाम क्षेत्रफल भएको जग्गा आफ्नी आमाको नाममा खरिद गरेका थिए । उनले पदीय मर्यादा विपरीतका काम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानको क्रममा जग्गा बिक्रेताको बैंक खातामा रकम जम्मा गरेको भौचरबाट लेनदेनको रकम भट्टराईको स्वआर्जन नभइ ठेकेदारले तिरेको खुलेको आयोगको विज्ञप्तिमा छ । आयोगका अनुसार उनले जग्गा खरिद गर्नको लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरबाट लिएको घूस आफूले सोझै नलिइ जग्गा विक्रेता र जग्गा खोजिदिने व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाएका थिए । उक्त रकम ४०÷४० लाख छुट्टाछुट्टै खातामा जम्मा भएको थियो ।

त्यस्तै, आयोगले लिएको बयानमा भट्टराईले जग्गा खोजिदिने व्यक्तिले प्राप्त गरेको ४० लाखमध्ये ३८ लाख ७ हजार २ सय रुपैयाँ समेत जग्गा विक्रेताको बैक खातामा जम्मा गराएको बताएका छन् ।

आयोगले कोषका योजना प्रमुख भट्टराईसँगै उनकी आमाविरुद्ध पनि सजायको मागदाबी लिँदै आरोपपत्र दायर गरिएको जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: