×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गठबन्धन जुनसुकै बेला टुट्न सक्ने अध्यक्ष नेपालको दाबी

PRIME CA

गठबन्धन जुनसुकै बेला टुट्न सक्ने अध्यक्ष नेपालको दाबी

१० बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिस्थिती सहज नभएको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्नेक्रम भइरहेको भन्दै यस्तो परिस्थितीमा सजह अनुभव नभएको बताए ।

उनले भने, ‘नेपालको राजनीति जटिल छ । छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्ने गरेको छ । कति दिनसम्म यो गठबन्धन टिक्ने हो ? त्यसको सबै जवाफ हाम्रो प्रधानमन्त्रीले दिनुहुन्छ, मैले दिन सक्दिनँ । यति भनौं परिस्थिती सहज छैन् । हामीले सहज ठानिरहेका छैनौं । कसैका धाकधम्की, कसैका गालीगलौज सुन्न हामी राजनीतिमा लागेका होइनौं । समाजमा जन्मेका पनि होईनौ । कसैको दास बन्ने हाम्रो नियत पनि होईन् ।’

यस्तै, उनले देशभक्ति र कम्युनिष्ट आन्दोलनको आवश्यकता अझै भएको भन्दै परिवर्तनको संवाहक जनता हो भन्ने सन्देश प्रवाह नभएसम्म परिवर्तन सम्भव नभएको बताए ।
उनले भने, ‘हामी देशभक्ति आन्दोलनलाई अगाडि बढाउन चाहन्छौ र त्यसको आवश्यकता अझै पनि छ । कम्युनिष्ट आन्दोलनले जनताको माझमा लोकतन्त्रको आवाज बुलन्द गर्नुपर्छ । निरङ्कुश साशनको विरुद्धमा, जनताको पक्षमा, जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने कुरामा जनताको अधिकारको आवाज बुलन्द गर्ने काम पनि कम्युनिष्ट आन्दोलनकै हो । लोकतन्त्रको संवाहक पनि कम्युनिष्ट पार्टी नै हुन् । जनताका जनजीविकाको सबालमा जनताको पक्षमा हामी लाग्नुपर्छ । परिवर्तनको संवाहक जनता हो भन्ने सन्देश प्रवाह गर्न नसकेसम्म परिवर्तन सम्भव हुदैन।’

नेपालको राष्ट्रियताको नाममा, राष्ट्रियताको प्रवद्र्धन गर्ने नाममा पुराना पुस्ताका नेता र कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको पनि उनको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: