×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच व्यवस्थित लगानी योजनामा पहुँच वृद्धि गर्न सहकार्य

PRIME CA

महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच व्यवस्थित लगानी योजनामा पहुँच वृद्धि गर्न सहकार्य

अर्थ सरोकार

२० चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना-एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिईएको छ । देशभर रहेका लगानीकर्ताहरुको एनआइसी एशिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिईएको छ ।

हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिने जनाईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: